‘आठ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔँ’

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरूको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिमनदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताए ।

आरोहणलाई नियमन गर्न जरुरी रहेको उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको भन्दै  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ आठ हजार मिटरमाथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताए ।

“जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन । हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हासिल गरेका छौँ । यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ । तर, हामीसँग भएका हिमालहरूका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ । फलस्वरुप अहिले हिउँ नदीहरू क्रमशः सुक्ने अवस्थामा छन् । हिमाल काला हुँदै गएका छन् । यसको संरक्षणमा धेरै उपाय होलान् । प्राकृतिक रूपमा जस्तो अवस्थामा छ, त्यस्तै कायम राख्ने हो भने एउटै मात्र उपाय हो आराम दिने, पूर्ण रुपमा प्रयोगमा ल्याउने, आरोहण बन्द गर्ने भनेको पनि होइन, आरोहणलाई नियमन गर्न जरुरी छ । यसको मापदण्डलाई व्यवस्थित बनाउन जरुरी छ । अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब आठ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्छ । त्यसो हुँदा हाम्रा आठ हजार मिटर माथिका हिमालहरूको संख्या बढ्छ । जनताको अर्थिक अवस्थामा पनि राम्रो हुन्छ,” उनले भने ।

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह Read Previous

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

फलामे छड उत्पादक संघले भन्यो– एक तहको भन्सार सुविधा नदिए उद्योगको चाबी सरकारलाई बुझाउछौँ Read Next

फलामे छड उत्पादक संघले भन्यो– एक तहको भन्सार सुविधा नदिए उद्योगको चाबी सरकारलाई बुझाउछौँ