प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनीको बिहीबार बसेको संचालक समितिको ३७८ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ११.३२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

 

कम्पनीलेप्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

 

सर्वोच्चको आदेशपछि निजगढ विमानस्थलको मुआब्जा वितरण प्रभावित Read Previous

सर्वोच्चको आदेशपछि निजगढ विमानस्थलको मुआब्जा वितरण प्रभावित

निर्देशन अटेर गरेपछि आफैं होर्डिङ बोर्ड हटाउँदै महानगर Read Next

निर्देशन अटेर गरेपछि आफैं होर्डिङ बोर्ड हटाउँदै महानगर