१८ खर्ब माथिको बजेट आउँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्ने भएको छ । आज दिउँसो १ बजे संघिय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछन् ।

सरकारले निकै पपुलिस्ट बजेट बनाउन लागेको चर्चा यसअघि नै भएको थियो । पूर्वलडाकुलाई प्याकेज, स्टार्टअप कम्पनीको ठोस योजना र विपन्न वर्गको लागि उचित कार्ययोजना बजेटले बनाउने बताइदै आएको छ ।

प्रधानमन्त्रीको निर्देशन अनुसार बजेट बनेको कारण श्रोतको सुनिश्चिता नभएपनि सुरुमा १८ खर्ब माथिको बजेट ल्याउन लागिएको हो । यसअघिका बजेटहरु पनि लगातार श्रोतको कमी र खर्च गर्ने क्षमता कमजोर हुँदा सम्सोधन गरिदै आएको थियो ।

आज संघिय संसदको दुबै सदनको बैठक १ बजे बस्नेछ ।

चाँगुमा डोजर आतङ्क, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थल उजाड Read Previous

चाँगुमा डोजर आतङ्क, पुरातात्विक सम्पदा एवं प्रसिद्ध पर्यटकीस्थल उजाड

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै Read Next

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै