आइएमई लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि जेठ १४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले जेठ २८ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा लाभांश पारित गर्ने, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।

 

२४ खर्ब पुग्यो सार्वजनिक ऋण, आन्तरिकभन्दा विदेशी धेरै Read Previous

२४ खर्ब पुग्यो सार्वजनिक ऋण, आन्तरिकभन्दा विदेशी धेरै

चीनसँग सीमा जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा Read Next

चीनसँग सीमा जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा