४१ मेगावाटको सुपर बागमतीमा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ६.९ अर्ब लगानी गर्दै

काठमाडौं । सुपर बागमती हाइड्रोपावरमा लक्ष्मी सनराइज बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ ।

ललितपुर र मकवानपुरको बागमती नदीमा निमार्ण हुने ४१.३१४ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ऋण लगानी गर्ने सम्झौता भएको हो ।

सो आयोजनाको कूल लागत ९२८ रुपैयाँ रहेको छ । जसमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत र प्रर्वदकर संस्थापकहरुले २५.६७ प्रतिशत लगानी गर्नेछन् ।

यस आयोजनामा नेतृत्वकर्ता लक्ष्मी सनराइज बैंकले ३.४ अर्ब, एभरेष्ट बैंकले २.५ अर्ब र सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् ।

यस हाइड्रोपावरले २०७८ माघ १२ गते विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिएको थियो । त्यस्तै, २०८० असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता गरेको थियो । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स र एएनके कन्स्ट्रकशन रहेका छन् ।

सो आयोजना निमार्ण सम्पन्न भएपछि वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

चिया, तेल, स्याम्फू लगायतको भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न अपिल Read Previous

चिया, तेल, स्याम्फू लगायतको भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न अपिल

विमानस्थलका कर्मचारीलाई जहाजले ठक्कर दिएपछि... Read Next

विमानस्थलका कर्मचारीलाई जहाजले ठक्कर दिएपछि...