नेप्सेमा थप दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा ३ कम्पनीको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था र युनाइटेड इदी मर्दी हाइड्रोपवारको बोनस सेयर र अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा समता घरेलुले गत आवको नाफाबाट वितरण गरेको ५.४२ प्रतिशत (२ लाख १३ हजार ७२०.७१ कित्ता) र युनाइटेडको इदी मर्दीको ५ प्रतिशत (२ लाख ३१ हजार कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत अर्थात् १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

तीनै कम्पनीको सूचीकृत सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

बहुप्रकोपिय पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने Read Previous

बहुप्रकोपिय पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने

२ वर्षमा पनि मर्मत भएन बीपी राजमार्गको आकस्मिक सूचना प्रणालीको उपकरण Read Next

२ वर्षमा पनि मर्मत भएन बीपी राजमार्गको आकस्मिक सूचना प्रणालीको उपकरण