काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्था र युनाइटेड इदी मर्दी हाइड्रोपवारले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा समता घरेलुको ५.४२ प्रतिशत (२ लाख १३ हजार ७२०.७१ कित्ता) र युनाइटेडको इदी मर्दीको ५ प्रतिशत (२ लाख ३१ हजार कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।