काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा मर्जरपछि बनेको नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुत्तिको सेयर सूचीकृत भएको हो ।
नेप्सेमा साविकको नेरुडे र मिर्मिरे लघुवित्त मर्ज हुँदा कायम भएको १:१ सेयर अनुपातका आधारमा नेरुडे मिर्मिरे लघुत्तिको नाममा १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको छ ।
यस लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले ५८७.८६ रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही मूल्यमा अब लघुत्तिको सेयर कारोबार खुल्नेछ । लघुवित्तको कारोबारका लागि नेप्सेले NMLBBL संकेत चिह्न दिएको छ ।
त्यसैगरी, साविकको बीपीडब्ल्यू लघुवित्तलाई गाभेको सामुदायिक लघुवित्तको नाममा २ लाख ५६ हजार ५० कित्ता सेयर सूचीकृत भएको छ ।
यस लघुवित्तको सेयर कारोबारका लागि नेप्सले SLBSL संकेत चिह्न दिएको छ । कम्पनीको सेयर कारोबारका लागि नेप्सेले ८८३.९७ रुपैयाँ ओपन रेन्ज तोकेको छ । यही मूल्यमा अब लघुवित्तको सेयर कारोबार खुल्नेछ ।