नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने ४.७५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि कम्पनीको नयाँ सेयर मूल्य ६६१.५८ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुने Read Previous

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुने

जाजरकोट भूकम्प पीडितलाई बेलायतद्वारा २.१८ अर्ब बढीको सहयोग Read Next

जाजरकोट भूकम्प पीडितलाई बेलायतद्वारा २.१८ अर्ब बढीको सहयोग