पार्क र ट्राफिक आइल्याण्ड चिटिक्क पार्दै काठमाडौं महानगर, खटायो ११० जनशक्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ ।

उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्ति मध्येबाट मागअनुसार पठाएको हो ।

महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका लागि काम गर्न १० जना रहेको १० वटा समूह बनाइएको छ । हरेक समूहलाई परिचालन गर्न १० जना नाइकेको व्यवस्था गरिएको छ ।

नाइकेहरुले वडासँग समन्वय गरेर काम सञ्चालन गर्नेछन् ।

वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा उठ्यो ४० अर्ब राजस्व Read Previous

वीरगञ्ज सुक्खा बन्दरगाहबाट १० महिनामा उठ्यो ४० अर्ब राजस्व

आर्थिक प्रतिबन्ध खेपिरहेको रुसलाई चीनको साथ, दुई देशको व्यापार ६४% बढ्यो Read Next

आर्थिक प्रतिबन्ध खेपिरहेको रुसलाई चीनको साथ, दुई देशको व्यापार ६४% बढ्यो