नेप्सेमा करेक्शन, यी लघुवित्तको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत बिहीबारदेखि लगातार ६७ अंकले बढेको नेप्सेमा आज ९ अंकको करेक्शन आएको हो ।

प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा गिरावट आएको हो । बुधबार नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३८ करोडले घटेर ३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ ।

आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूह मध्ये १० समूहको परिसूचक घटेको छ भने ३ को बढेको छ ।

उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.९६ प्रतिशतले घटेको छ ।

आज पिपुल्स पावरको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ८९ लाख रुपैयाँ बढीको २ लाख १८ हजार ४४६ कित्ता सेयर किनबेच भएको छ ।

आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मात्र घटेको छ । घट्दो बजारमा पनि आज दुई लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्तका सेयरधनीले भने १० प्रतिशत गुमाएका छन् ।

विष्णुमति करिडोरमा चल्यो डोजर, भत्काइयो अवैध संरचनामा Read Previous

विष्णुमति करिडोरमा चल्यो डोजर, भत्काइयो अवैध संरचनामा

मापसे गरी सवारी चलाउँदा दुर्घटना भएमा बीमा दाबी भुक्तानी पाइन्छ कि पाइँदैन ? Read Next

मापसे गरी सवारी चलाउँदा दुर्घटना भएमा बीमा दाबी भुक्तानी पाइन्छ कि पाइँदैन ?