५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर पुर्‍याइने, जीडीपी १०० खर्ब बढी

काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५र८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर र्पुयाइले लक्ष्य राखिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १६ औं योजना आयोगले बुधबार सार्वजनिक गरेको हो ।

त्यस्तै, आयोगले आव २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँभन्दा माथि र्पुयाउने लक्ष्य राखेको छ ।

१६औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ । आगामी आव २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

यसैगरी, आव २०८५/८६ सम्म विद्युत् उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा र्पुयाउने लक्ष्य राखेको छ ।

यस्तै, इन्टरनेटको पहुँच ९० प्रतिशत जनसंख्यामा र्पुयाउने, गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने, मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत र्पुयाउने र बेरोजगारी दर ५ प्रतिशतमा सीमित पार्ने १६औं योजनाको लक्ष्य छ ।

क्रुज जहाज चढेर जाने विदेशीले बिना भिसा चीन प्रवेशको अनुमति पाउने Read Previous

क्रुज जहाज चढेर जाने विदेशीले बिना भिसा चीन प्रवेशको अनुमति पाउने

एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित 'सधैं अन' योजना, यस्ता छन् सुविधा Read Next

एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित 'सधैं अन' योजना, यस्ता छन् सुविधा