नयाँ ब्रोकर कमिसन लागू, अब कति तिर्नुपर्छ ?

काठमाडौं । आज (जेठ १ गते)देखि सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन शुल्क घटेको छ । नेपाल धितोपत्र बोर्डको गत हप्ताकाे निर्णय अनुसार आजदेखि नयाँ ब्रोकर कमिसन लागू भएको हो ।

धितोपत्र बोर्डले गत साता साविकको ब्रोकर कमिसन दरमा १० प्रतिशत घटाउने निर्णय गरेको थियो । सोही दरमा कमिसन घटाउन अर्थ मन्त्रालयले समेत स्वीकृति दिएको थियो ।

आजदेखि सेयर काराेबार गर्दा न्यूनतम ०.२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म ब्रोकर कमिसन तिर्नुपर्छ । यसअघि न्यूनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशतसम्म कमिसन तिर्नुपर्थ्यो ।

नयाँ ब्रोकर कमिसनदर अनुसार आजदेखि ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्छ ।

यसअघि ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्थ्यो ।

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने स्वीडेनको प्रतिबद्धता Read Previous

नेपालको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने स्वीडेनको प्रतिबद्धता

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने Read Next

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने