जहाज मर्मत गर्न ५ महिना लागेपछि छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन-एकेएक्स’ कलसाइन न्यारोबडी ए-३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार समितिलाई निगमको जहाजको इञ्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)मा मर्मत संभार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इञ्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

निगमको न्यारो बडी जहाजको इजरायलमा इञ्जिन मर्मत गर्न करिब ५ महिना लागेको थियो । निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ ।

१७५ उडान रद्दपछि एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल समाप्त Read Previous

१७५ उडान रद्दपछि एयर इन्डिया एक्सप्रेसका कर्मचारीको हडताल समाप्त

पूर्वी नाकाबाट हुने व्यापारमा भारतको एकपछि अर्को तगारो, अर्थतन्त्रमा असर पर्दै Read Next

पूर्वी नाकाबाट हुने व्यापारमा भारतको एकपछि अर्को तगारो, अर्थतन्त्रमा असर पर्दै