काठमाडौं । सेयर बजारमा सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा पुगेको छ ।
सूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोड बढेर ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
यसदिन ३१३ कम्पनीको ७० लाख ५८ हजार ३३९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ समूहको घटेको छ । होटल समूह्का कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड ९७ लाख रुपैयाँ बढीको ३ लाख ९ हजार ६६३ कित्ता सेयर किनबेच भएको छ ।
आज ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । आज ओरेन्टल होटलका सेयरधनीले सर्वाधिक ८.४६ प्रतिशत कमाएका छन् ।