कहिलेसम्म सेयर किन्नेले पाउँछन् नेपाल पनुर्बीमा कम्पनीको लाभांश ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले जठ १७ गते नवौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अनुपम फूडल्याण्ड एण्ड ब्यांक्वेट, काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत गरी कुल ५ प्रतितश लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यस्तै, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि जेठ ६ बुकक्लोज मिति तोकेको छ । सो अनुसार जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

समपूरक र विशेष अनुदानका लागि ३६०० बढी प्रस्ताव, मधेसले भने बजेट नै मागेन Read Previous

समपूरक र विशेष अनुदानका लागि ३६०० बढी प्रस्ताव, मधेसले भने बजेट नै मागेन

बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त Read Next

बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त