काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस साता अघिल्ला दुई दिनमै ३० अंकले घटेको नेप्से आज २ अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोडले घटेर २ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।
यसदिन ३१४ कम्पनीका ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ समूहको घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले बढेको छ भने व्यापार समूह १.०९ प्रतिशतले घटेको छ ।
आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ३२ लाख रुपैयाँ बढीको १ लाख २९ हजार ९७१ कित्ता सेयर किनबेच भएको छ ।
आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ । आज हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने बोटलर्स नेपालको ६.२३ प्रतिशतले घटेको छ ।