घट्यो ब्रोकर कमिसन, अब कति तिर्नुपर्छ ?

काठमाडौं । सेयर कारोबार गर्दा तिर्नुपर्ने पर्ने ब्रोकर कमिसन शुल्क घटेको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशत घटाउने निर्णय गरेको हो ।

यद्यपि, उक्त निर्णयमा सबै संचालकहरूले हस्ताक्षर गर्न भने बाँकी रहेको बोर्डले जनाएको छ । घटेको कमिसन दर आगामी जेठ १ गतेदेखि लागू हुनेछ ।

बोर्डले यसअघि गरेको अध्ययनले हालको शुल्कमा १० प्रतिशत घटाउनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । सोही दरमा कमिसन घटाउन दुई साता अघि अर्थ मन्त्रालयले समेत स्वीकृति दिएको थियो ।

हाल सेयर किनबेच गर्दा न्यूनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ भने अब न्यूनतम ०.२४ प्रतिशतदेखि अधिकतम ०.३६ प्रतिशतसम्म तिर्नुपर्छ ।

हाल ५० हजार रुपैयाँसम्मको सेयर खरिदबिक्री गर्दा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ ।

अब ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ बढीको सेयर किनबेच गर्दा ०.२४३ प्रतिशत कमिसन तिर्नुपर्छ ।

करदाता सेवा कार्यालयबाट उठ्ने राजस्वमा वृद्धि Read Previous

करदाता सेवा कार्यालयबाट उठ्ने राजस्वमा वृद्धि

बागमती प्रदेशमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा प्रयोगमा आयो Read Next

बागमती प्रदेशमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा प्रयोगमा आयो