काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गतसाता ३३ अंकले बढेको नेप्से यससाता पहिलो दिनमै २४ अंकले घटेको हो ।
आइतबार नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा आइपुगेको छ । यसदिन ३१६ कम्पनीका ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक अरु सबैको परिसूचक घटेको छ । आज विकास बैंक समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले घटेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ६४ लाख रुपैयाँ बढीको २ लाख २२ हजार ५७८ कित्ता सेयर किनबेच भएको छ ।
आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ । घट्दो बजारमा आज दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ ।
पिपुल्स पावरका सेयरधनीले सर्वाधिक ९.९२ प्रतिशत गुमाएका छन् ।