मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण सुरू

काठमाडौं । मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण सुरू भएको छ । अटोमोटिभ्स प्रालिले आयोजना गरेको मोटर र्याली शुक्रबार बिहान पौने ९ बजे नाडाका अध्यक्ष करण चौधरीले फ्ल्याग अफ गरेका हुन् ।

आज ललितपुरको कुपण्डोलबाट सुरू भएको र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच र्‍यालीको समापन गरिने छ ।

र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन् । र्‍यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको बताए ।

‘आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत ४ वषदेखि मेरोअटो मोटर र्‍याली आयोजना गर्दै आएका छौं,’ उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’

र्‍यालीको प्रायोजकमा साइमेक्स इंक (बीवाइडी), लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई) र पारामाउन्ट मोटर्स (एमजी) रहेका छन् । त्यस्तै, सपोटरहरूमा टाटा टियागो ईभी, सीजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैंक, ओमोडा, टोयोटा, मेगा बिजनेश ग्रुप, फेसियल हाउस रहेका छन् ।

त्यसैगरी, बैंकिङ पार्टनरमा सिटिजन्स बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), लिकर पार्टनर नेप्से बुल, बेभरेज पार्टनरमा हिमालयन प्रिमियम बियर, फूड पार्टनर फूडमाण्डू, इन्टरटेनमेन्ट पार्टनर आइएनआइ सिनेमा, ल्युब पार्टनर नेपाल ल्युब आयल, हस्पिटालिटी पार्टनर होटल मोनालिसा (सौराहा) रहेका छन् ।

मेरो अटोले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वैशाखमा मोटर र्‍याली आयोजना गर्दै आएको छ । पहिलो संस्करण (२०७८) काठामाडौं-सुकुटे, दोस्रो संस्करण (२०७९) काठमाडौं-मूलकोट र तेस्रो संस्करण (२०८०) काठमाडौं-नुवाकोट सम्पन्न भएको थियो ।

 

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई मन्त्रालयको आग्रह Read Previous

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई मन्त्रालयको आग्रह

१ लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर Read Next

१ लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर