मुग्लिन-पोखरा सडककाे मादी नदीमा धमाधम आर्क पुल निर्माण हुँदै

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणधीन ३१५ मिटर लामो आर्क डिजाइनको पुल ।

तनहुँ । मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा धमाधम ‘आर्क’ पुल निर्माण भइरहेको छ ।

सवारी साधन सञ्चालन गर्न मिल्ने ३१५ मिटर लामो पुलको २० प्रतिशत निर्माण पूरा भएको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले जनाएको छ ।

निर्माणाधीन पुलको सात वटा ‘फाउन्डेसन’मध्ये पाँच वटाको काम धमाधम भइरहेको छ । वर्षायाम प्रारम्भ हुनुअघि फाउन्डेसनको सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

‘उक्त कार्य सम्पन्नपश्चात् पानी माथि गरिने ‘सुपर स्टक्चर’बाहेक अन्य फाउन्डेसनका कार्य गर्ने लक्ष्य छ,’ उनले भने, ‘अहिले पानी मुनि गरिने पाइलिङ, पाइल क्याप र पिलरको काम भइरहेको छ ।

हालको पुलबाट करिब ५० मिटर पर नयाँ पुल निर्माण भइरहेको छ । पुल निर्माणका लागि रु १ अर्ब २१ करोडमा ठेक्का सम्झौता छ ।’ उक्त राजमार्गमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका जारी छ ।

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते Read Previous

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

अब ठोरी छोटी भन्सारबाट पनि सवारीसाधनको अस्थायी पैठारी हुने  Read Next

अब ठोरी छोटी भन्सारबाट पनि सवारीसाधनको अस्थायी पैठारी हुने