चालु वर्षमा आर्थिक वृद्धिदर ३.८७% हुने, अर्थतन्त्रको आकार ५७ खर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमै सीमित हुने भएको । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु वर्षको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

कार्यालयले चालु आव (६-८ महिना)को वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा उक्त आर्थिक वृद्धिद्धर अनुमान सार्वजनिक गरेको हो ।

सरकारले चालु आवमा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि कार्यालयले आधा मात्रै हासिल हुने अनुमान गरेको हो । गत वर्षको तुलनामा भने अर्थतन्त्रमा सुधार हुँदै आएको कार्यालयले बताएको छ । गत आवमा आर्थिक वृद्धिदर १.९५ प्रतिशतमा सीमित भएको थियो ।

चालु वर्षमा उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको छ । आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको कार्यालयको अनुमान छ ।

यस वर्ष कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ ।

चालु वर्षमा प्रतिव्यक्ति आय ५७ डलर बढेर १ हजार ४५६ अमेरिकी डलर पुगेको छ । गत वर्ष १ हजार ३९९ डलर थियो ।

कर्णालीमा लगानी सम्मेलन अनिश्चित Read Previous

कर्णालीमा लगानी सम्मेलन अनिश्चित

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य ! Read Next

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य !