विकास बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, सूचक २ हजार बिन्दु माथि उक्लियो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यससाता आइतबारदेखि लगातार उकालो लागेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८५ करोडले बढेर ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

यसदिन ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स बाहेक अरु सबैको परिसूचक बढेको छ ।

आज विकास बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्ष देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको छ ।

आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड २४ लाख रुपैयाँ बढीको ४ लाख ५९ हजार २१९ कित्ता सेयर किनबेच भएको छ ।

आज २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको घटेको छ । बढ्दो बजारमा २ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

पोखरा फाइनान्सका सेयरधनीले भने सर्वाधिक ७.६४ प्रतिशत गुमाएका छन् ।

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजर बीच भेट Read Previous

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजर बीच भेट

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका घरधनीले मुआब्जा लिए, घर भत्काएनन् Read Next

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका घरधनीले मुआब्जा लिए, घर भत्काएनन्