नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ ।

आज ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशतले बढेको छ ।

आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड ५ लाख रुपैयाँ बढीको २ लाख १० हजार १९ कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ ।

त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ७.६२ प्रतिशत, श्री इन्भेष्टमेन्ट ६.८० प्रतिशत, बेस्ट फाइनान्स ६.७८ प्रतिशत र किसान लघुवित्तको ५.९३ प्रतिशतले बढेको छ ।

रिभर फल्स पावरका सेयरधनीले भने सर्वाधिक ४.६३ प्रतिशत गुमाएका छन् ।

कैलाश मानसरोवर माउन्टेन फ्लाइटले नेपालगञ्जका होटल भरिभराउ Read Previous

कैलाश मानसरोवर माउन्टेन फ्लाइटले नेपालगञ्जका होटल भरिभराउ

लगानी सम्मेलनमा दुई सम्झौता हस्ताक्षर Read Next

लगानी सम्मेलनमा दुई सम्झौता हस्ताक्षर