नेप्सेमा झिनो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनोे अंकको सुधार आएको छ । दिनभरमा १६ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा १ अंकभन्दा कमले बढेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको छ । यसदिन ३१३ कम्पनीको २ अर्ब ५३ करोड रुपैयाँ बढीको ७२ लाख ८४ हजार २७२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले बढेको छ भने होटल समूह ०.४४ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ६३ करोड ३० लाख रुपैयाँ बढीको २२ लाख ६० हजार ८८० कित्ता सेयर किनबेच भएको छ ।

झिनो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

माइ खोला हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ७.८४ प्रतिशत गुमाएका छन् ।

विद्युत् खपत बढाउने सन्देशसहित 'हिमालयन हाइड्रो एक्स्पो-२०२४' सुरू Read Previous

विद्युत् खपत बढाउने सन्देशसहित 'हिमालयन हाइड्रो एक्स्पो-२०२४' सुरू

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक Read Next

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक