काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा ल्याएको झन्डै साढे ११ कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत २९ गतेदेखि लिलामी ल्याएको ११ लाख ३५ हजार ६५७ कित्ता कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
उक्त लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ ।
लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलसँगै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पनि आवेदन बुझाउन सक्नेछन् ।