निर्माण व्यवसायी महासंघले गर्‍यो ३६ विधाका उत्कृष्टलाई पुरस्कृत, कसले कुन अवार्ड पाए

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १२औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विभिन्न व्यक्ति, फर्म तथा कम्पनीहरुलाई अवार्ड प्रदान गरेको छ ।

 

महासंघले नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याएका व्यक्ति, फर्म तथा कम्पनीहरुलाई विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ।

 

महासंघले राजधानीमा एक कार्यक्रम गरी अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको हो।ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ।

 

ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको छ। बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालीले हात पारेको छ।बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालीले जितेको छ।नयाँबाटो निर्माण प्रालीले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ।

 

सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन्। डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्राली उत्कृष्ट भएको छ। प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आशीर्वाद निर्माण सेवा उत्कृष्ट ठहरियो।

 

भूगोल अन्तर्गत गत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ।र तराईतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका छन्।

 

उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन्।

 

नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिएवापत एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनलाई प्रदान गरेको एफक्यानले बताएको छ।

 

अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छिन्।

 

नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंक ल्याउन सफल निर्माण व्यवसायीधर्मराज सुवेदीका छोरा इन्जिनियर विप्लब सुवेदीलाई पुरस्कृत गरियो।

अब काठमाडौंमा भिक्षा मागे दुई महिना कैद Read Previous

अब काठमाडौंमा भिक्षा मागे दुई महिना कैद

आयातित तरकारी निरुत्साहित गर्न पुसदेखि अभियान संचालन हुने Read Next

आयातित तरकारी निरुत्साहित गर्न पुसदेखि अभियान संचालन हुने