दुई इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (वैशाख ७ गते) बुकक्लोज मिति तोकेका छन् । सो अनुसार दुवै कम्पनीको आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउने छन् ।

सूर्यज्योतिले गत वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २४.७४ प्रतिशत नगद गरी कुल ३५ लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख २१ गते १६ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले वैशाख २० गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, तीनकुने, काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ ।

दुवै कम्पनीको साधरण सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीले पाउने छन् ।

सिटिजन्स बैंकको वार्षिकोत्सवकाे अवसरमा विभिन्न सेवामा छुट Read Previous

सिटिजन्स बैंकको वार्षिकोत्सवकाे अवसरमा विभिन्न सेवामा छुट

पुरानै लयमा फर्कँदै तातोपानी नाका, सडक मर्मत नहुँदा सबै चिन्तित  Read Next

पुरानै लयमा फर्कँदै तातोपानी नाका, सडक मर्मत नहुँदा सबै चिन्तित