कान्तिपुर सहकारीसहित १५ कम्पनीलाई कर दाखिल गर्न १५ दिनको अल्टिमेटम

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गत मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलले विभिन्न १५ कम्पनीहरूलाई कर बक्यौता दाखिल गर्न अल्टिमेटम दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै १५ दिनभित्र कर बक्यौता दाखिल गर्न निर्देशन दिएको हो । कर नतिर्ने कम्पनीहरूमा ठूला सहकारी, सिमेन्ट उद्योग, चिनी मिल, पिार्टमेन्ट स्टोर लगायत रहेका छन् ।

कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, लालिगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारी, क्यापिटल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ,  डिभाइन स्ट्रिम नेटवर्क, मोतिदान कन्स्ट्रक्सन सेवा, श्रीराम सुगर मिल्स, आयोकी फेब्रिकोन नेपाललाई कर तिर्न १५ दिनको अल्टिमेटम दिएको हो ।

त्यसैगरी, अरनिको सिमेन्ट इन्डस्ट्रिज, खानीखोला इन्टरप्राइजेज, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, लोकेन्द्र इन्टरप्राइजेज, बराह डिपार्टमेन्ट स्टोर र त्रिपुरेश्वर कन्डक्टर उद्योगको कर बक्यौता रहेको कार्यालयले जनाएको छ ।

१५ दिनभित्र बक्यौता कर दाखिल नगरेमा कानुनी कारबाहीबाट असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ ।

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरू हुने Read Previous

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरू हुने

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Next

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड