महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।

प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक ऋण झन्डै २४ खर्ब पुग्यो, ऋण तिर्न ऋण लिँदै सरकार Read Previous

सार्वजनिक ऋण झन्डै २४ खर्ब पुग्यो, ऋण तिर्न ऋण लिँदै सरकार

प्रभु बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने Read Next

प्रभु बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने