भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै, २ महिनामा सकिने

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत ५ किलोमिटर कालोपत्र भइसकेको छ ।

झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य  अभिवृद्धि कर (भ्याट)सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ रुपैयाँमा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो ।

इन्जिनियर चौधरीले भद्रपुर-फडानी पुलबाट इँटा भट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उनले बताए । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताए।रासस

लागत घटाउन टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने Read Previous

लागत घटाउन टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

क्लासिक टेकको नयाँ वर्ष अफर, १ वर्षको जडान गर्दा १३ महिना बोनस पाइने Read Next

क्लासिक टेकको नयाँ वर्ष अफर, १ वर्षको जडान गर्दा १३ महिना बोनस पाइने