बम्पर लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधरण सभा, बुकक्लाेज कहिले ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाए को छ ।

कम्पनीले वैशाख २१ गते वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २४.७४ प्रतिशत नगद गरी कुल ३५ लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यसैगरी, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा(नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि वैशाख ७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार वैशाख ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च Read Previous

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी Read Next

सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी