९ महिनामा लक्ष्यको आधा मात्र राजस्व संकलन, पूँजीगत खर्च अति न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।

चालु आवका लागि पूँजीगत शीर्षकमा रु ३ खर्ब २ अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको ९ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

चालु आवका लागि सरकारले कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१.९३ प्रतिशत अर्थात् रु ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख बराबर रहेको छ ।

चालुगत शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा हालसम्म ५६ दशमलव ४१ प्रतिशत अर्थात् रु ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख बराबर खर्च भएको छ ।

त्यसैगरी वित्तीय व्यवस्था शीर्षकका रु ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ५४.६४ अर्थात् रु एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने सरकारी लक्ष्य छ ।

चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् रु ७ खर्ब ७३ अर्ब ३ करोड ६६ लाख असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१ दशमलव ४१ प्रतिशत अर्थात् रु छ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् रु ७६ अर्ब ९२ करोड ५६ लाख बराबर सङ्कलन भएको छ ।

चालु आवका लागि सरकारले रु ४९ अर्ब ९४ करोड ३० लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी Read Previous

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी

७३ मेगावाटको सानिमा मिडिल तमोरको बिजुली प्रसारण लाइनमा जोडियो Read Next

७३ मेगावाटको सानिमा मिडिल तमोरको बिजुली प्रसारण लाइनमा जोडियो