१६९८ मेगावाटका माथिल्लो अरुण र दूधकोशी अघि बढाउने सहमति

काठमाडौं । १६९८ मेगावाट बराबरका दुई जलविद्युत् आयोजना अघि बढाउने सहमति भएको छ । बिहीबार अर्थ मन्त्रालयमा सरकार, विश्व बैंक र एसियाली विकास बैंक बीच भएको छलफलमा माथिल्ले अरुण र दूधकोशी जलासययुक्त आयोजना अघि बढाउने सहमति भएको हो ।

अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस बीच दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो ।

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुणकोे वित्तीय व्यवस्थापन विश्व बैंकले गर्नेछ ।

त्यसैगरी, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने ६३५ मेगावाटको जलासययुक्त दूधकोशी जलविद्युत आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्था लगानी रहने छ ।

दुवै आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । आयोजना प्रवद्र्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरुबाटै आयोजना निर्माण थालिने बताएको छ ।

यस्तै, ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोेजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलायतका काम सकिएका छन् भने पहुँच मार्ग निर्माण र मुआब्जा वितरणको काम अन्तिम चरणमा छ ।

मकवानपुरका दुग्ध किसानको मात्रै ४८ करोड भुक्तानी बाँकी Read Previous

मकवानपुरका दुग्ध किसानको मात्रै ४८ करोड भुक्तानी बाँकी

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, विदेशीको आकर्षण बढ्दो Read Next

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, विदेशीको आकर्षण बढ्दो