लाभांश प्रयोजनका लागि सर्वोत्तम सिमेन्टले तोक्यो बुकक्लोज

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले वैशाख १२ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा रुपन्देहीको सिद्धार्थनगरस्थित होटल सिद्धार्थ भिलासमा बिहान १० बजे सुरू हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १५ प्रतिशत बोनस नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रूपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यस्तै, कम्पनीले सभामा संस्थापक र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि एजेन्डाको रूपमा लैजाने भएको छ ।

लाभांश तथा साधरण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते बुकक्लोज तोकेको छ । सो अनुसार चैत २९ गतेसम्म कायम रहने सेयरधनीले सधारण सभामा भाग र प्रस्तावित लाभांश पाउने छन् ।

पोखराका हाेटलमा बढयो चहलपहल, पुग्न थाले दैनिक २० हजार पर्यटक Read Previous

पोखराका हाेटलमा बढयो चहलपहल, पुग्न थाले दैनिक २० हजार पर्यटक

साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय Read Next

साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय