प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं।  नेपाली बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले घटेकाे छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ ।

हुलाकी राजमार्गको लागत तेब्बर बढ्यो, अझै ३५ प्रतिशत काम बाँकी Read Previous

हुलाकी राजमार्गको लागत तेब्बर बढ्यो, अझै ३५ प्रतिशत काम बाँकी

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर Read Next

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर