वाइडबडी जहाजमा डेढ अर्ब भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको दुइटा वाइडबडी (ए ३३०-२००) जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै ३२ जना विरुद्द मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।

मुद्दा दायर गरिएकामध्ये २४ जना नेपाली र ८ जना विदेशी नागरिक रहेका छन् । अख्तियारले प्रतिवादीहरूले १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२.८५ रुपैयाँ भ्रष्टाचार गरेकेा ठहर गरेकाे छ ।

प्रतिवादीहरूमा बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, शिशिर ढुङ्गाना, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला, अच्युतराज पहाडी लगायत रहेका छन् ।  लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन् । त्यस्तै, आचार्य, निमानुरु, मुक्तिराम र अच्युतराज पहाडी तत्कालीन अवस्थामा नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए ।

त्यस्तै, तत्कालीन निर्देशक कर्णबहादुर थापा, वरिष्ठ क्याप्टेन सुवास रिजाल, तत्कालीन निर्देशक प्रकाशकुमार कर्माचार्य, हाल नायव महाप्रबन्धक रहेका जनकराज कालाखेती, तत्कालीन निर्देशक रामहरि शर्मा सेढाई, वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, हालका निर्देशक उपेन्द्र पौडेल र हाल निर्देशक एवम् वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई प्रतिवादी बनाइएको छ ।

पूर्वमन्त्री शाही कर्णाली प्रदेश सभाका सांसद र पूर्वमुख्यमन्त्री समेत हुन् । तत्कालीन मन्त्री शाही माथि जहाजको भारवहन क्षमता २४२ टनबाट २३० कायम गरी २४२ टनकै कायम गर्नेगरी निगमका पदाधिकारीसँग मिलेमतोमा बैंक जमानत बिनै कमिटमेन्ट फी भुक्तानीका लागि डलर सटही सुविधाको सिफारिस गरेको, कानुन विपरीत एमओयूलाई वैधानिकता प्रदान गरेको लगायत आरोप लगाएको छ । उनी माथि अख्तियारले १ अर्ब ४७ करोड बिगो दाबी गरेको छ ।

 

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ : प्रधानमन्त्री Read Previous

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ : प्रधानमन्त्री

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, डलर संचिति १४ अर्ब नाघ्यो Read Next

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, डलर संचिति १४ अर्ब नाघ्यो