नेप्सेमा लगातार पाँचौं दिन गिरावट, लघुवित्तको सेयरमा भने आकर्षण

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । यस साता आइतबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । ५ दिनमा नेप्से ३२ अंकले घटेको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले बढेर ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा आइपुगेको छ । यसदिन ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.६१ प्रतिशतले घटेको छ ।

आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ३२ लाख रुपैयाँ बराबरको २ लाख ७० हजार ६९८ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज तीन लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र गुराँस लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

पिपुल्स पावरका सेयरधनीले भने सर्वाधिक ७.२४ प्रतिशत गुमाएका छन् ।

५ परियोजनाका लागि १ खर्ब लगानी स्वीकृत, २५० मेगावाटको सोलार प्लाण्ट बन्ने Read Previous

५ परियोजनाका लागि १ खर्ब लगानी स्वीकृत, २५० मेगावाटको सोलार प्लाण्ट बन्ने

मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउन अझै साढे ४ अर्ब बढी खर्च लाग्ने Read Next

मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउन अझै साढे ४ अर्ब बढी खर्च लाग्ने