मन्थली विमानस्थलमा राखियो एक्स-रे मेसिन, झोला खोल्नुपर्ने झन्झट हट्यो

सांकेतिक तस्वीर ।

मन्थली । रामेछापको मन्थली विमानस्थलबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि चेकजाँचका लागि एक्स-रे मेसिन राखिएको छ । नियमित चेकजाँच सहज बनाउने उद्देश्यले मन्थली विमानस्थलमा पहिलोपटक एक्स-रे मेसिन राखिएको हो ।

मेसिन नहुँदा हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुको प्रहरीले सबै झोला खोलेर चेकजाँच गर्ने गरेको थियो । जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेको थियो ।

जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईंले बताए । उनका अनुसार उक्त मेसिन नागरिक उड्डयन प्राधिकरण काठमाडौंले रामेछापलाई उपलब्ध गराएको हो ।रासस

४८० मेगावाटको फुकोट कर्णालीको मुआब्जा वितरण अन्तिम चरणमा, ५० करोड बाँडियो Read Previous

४८० मेगावाटको फुकोट कर्णालीको मुआब्जा वितरण अन्तिम चरणमा, ५० करोड बाँडियो

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेका यातायात समिति Read Next

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेका यातायात समिति