बुटवल पावरले गर्‍यो लाभांश घोषणा

काठमाडौं । बुटवल पावर कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ ।

 

कम्पनीको आइतबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६को नाफाबाट २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

 

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी पुस २४ गते साधरण सभाा बोलाएको छ । साधरण सभा कार्की ब्याङकेट बबरमहलमा विहान ११ बजे शुरु हुनेछ ।

 

साधरण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज मिति तोकेको छ । तसर्थ कम्पनीको लाभांश पाउन तथा साधरणसभामा सहभागिता जनाउनको लागि पुस ८ गतेसम्म सेयरधनी कायम रहनुपर्नेछ ।

चीनकाे अमेरिकासँग हुने व्यापार २३ प्रतिशतले घट्यो Read Previous

चीनकाे अमेरिकासँग हुने व्यापार २३ प्रतिशतले घट्यो

 डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने Read Next

 डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने