‘वर्ल्ड कार अफ दी इयर अवार्ड’ किया ईभी-नाइनलाई, पर्फमेन्स कारमा आयोनीक-५

काठमाडौं । वर्ल्ड कार अफ दी इयर–२०२४ अवर्ड कियाको ठूलो इलेक्ट्रीक एसयूभी ईभी–नाइनले जितेको छ । उक्त अवार्डको लागि अन्तिम तीनमा रहेका बीवाइडी सिल र भोल्भो ईएक्स–३० लाई पछाडि पार्दै ईभी–नाइनले अवार्ड हात पारेको हो ।

सन् २०२३ मा उत्पादन भएर बजारमा आएका विश्वभरका ३८ कार मोडलले प्रतिस्पर्धा गरेका थिए । जसमा किया, बीवाइडी र भोल्भो बीच कडा प्रतिस्पर्धा भएको थियो । यसअघि ईभी–नाइनले ‘२०२४ विमन वर्ल्डवाइड कार अफ दी इयर’ अवार्ड पनि जितेको थियो ।

कियाले वर्ल्ड कारसँगै इलेक्ट्रीक कार अफ दी इयरको अवार्ड पनि आफ्नो नाममा लेखाउन सफल भएको छ ।

हुन्डाई आयोनीक-५ ले वर्ल्ड पर्फमेन्स कार अफ दी इयर अवार्ड हातपर्दा भोल्भो ईएक्स–३०ले अर्वान कार अफ दी इयर अवार्ड जित्न सफल भएको हो ।

वर्ल्ड लग्जरी कार अफ दी इयरको अवार्ड बीएमडब्लू आई–५ ले जित्न सफल भयो । उसले मर्सिडिज ई–क्लास र अउडी इक्यूइलाई पछाडि पार्दै लग्जरी कारको अवार्ड जितेको हो ।

वर्ल्ड कार अफ दी इयर छनोटमा १०० जना जुरीले आफ्नो मत प्रकट गरेका थिए । विभिन्न २९ देशका १०० अटोपत्रकारहरुले जुरीको भूमिका निर्वाह गरेका थिए ।

निर्जीवन बीमा व्यवसाय : मर्जरपछि ठूला बनेकाले शिखरलाई दिन सकेनन् टक्कर Read Previous

निर्जीवन बीमा व्यवसाय : मर्जरपछि ठूला बनेकाले शिखरलाई दिन सकेनन् टक्कर

गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय नियुक्त Read Next

गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय नियुक्त