मैलुङ खोलाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १६ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.११ प्रतिशत नगद गरी कुल २.३३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

डब्ल्यूएचओले नेपाललाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने Read Previous

डब्ल्यूएचओले नेपाललाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने

सिटिजन लाइफद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग Read Next

सिटिजन लाइफद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग