चैत भित्रै ३ कम्पनीको ‘लकइन पिरियड’ सकिँदै

काठमाडौं । यही चैत महिनाभित्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३ कम्पनीको लकइन पिरियड सकिने भएको छ । चैतभित्रै सूर्यज्योति लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स एण्ड आयल र सिंगटी हाइड्रोपावरको सेयरको लकइन सकिने भएको हो ।

ती कम्पनीहरूले आयोजना प्रभावित क्षेत्रका स्थानीय, संस्थापक, कर्मचारी र सामूहिक लगानी कोषलाई जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीको सेयरको लकइन सकिनु १ महिना अगावै सूचना जारी गरी जानकारी लगराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीहरूले लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका छन् । लकइन सकिएको मितिदेखि कम्पनी दोस्रो बजारमा कारोबार गर्न योग्य हुन्छ ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई जारी गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयरको लकइन चैत २० देखि सकिने भएको छ । त्यस्तै, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता र संस्थापक समूह्को १ करोड ७५ लाख ९७९ कित्ता सेयरको लकइन सकिने कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै, सोनापुर सिमेन्टले सामूहिक लगानी कोषलाई जारी गरेको आइपीको लकइन चैत २३ गते सकिने भएको छ । लगानी कोषहरूले पाएको ४ लाख २ हजार १९ कित्ता सेयर चैत २४ गतेदेखि कारोबारका लागि फकुवा हुने भएको हो । म्युचुअल फण्डले पाएको आइपीओ ६ महिनासम्म बेच्न पाउँदैनन् ।

त्यसैगरी, चैत २५ गते सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीलाई जारी गरेको सेयरको लकइन सकिने भएको छ । चैत २६ गतेदेखि सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयर कारोबारका लागि फुकुवा हुनेछ ।

 

नेपाली प्लाइउड भारत निर्यातमा अवरोध हट्यो, बीआइएस चिह्नका लागि १ वर्ष म्याद थप Read Previous

नेपाली प्लाइउड भारत निर्यातमा अवरोध हट्यो, बीआइएस चिह्नका लागि १ वर्ष म्याद थप

हुन्डाईले ईभीमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने, ८० हजार रोजगारी सिर्जना हुने Read Next

हुन्डाईले ईभीमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने, ८० हजार रोजगारी सिर्जना हुने