सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार पाँचौं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार पाँचौं दिन पोजेटिभ सर्किट लागेको छ । चैत ६ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको हो ।

५ कारोबार दिनमै कम्पनीको सेयर मूल्य ६१ प्रतिशले बढेको छ । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य आज ८९५.१ रुपैयाँ बढेको छ । ५ दिनमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३९ रुपैयाँले बढेको छ ।

कम्पनीको आइपीओ भर्नेले अढाई गुणा नाफा कमाएका छन् । प्रतिकित्ता ३६०.९० रुपैयामा आइपीओ भरेका लगानीकर्ताले ५३४.२ रुपैयाँ नाफा कमाएका छन् ।

कम्पनीको सेयर खरिदका लागि दैनिक लाखौं कित्ता माग हुने गरे पनि आपूर्ति अति न्यून छ । ५ दिनमा कम्पनीको करिब ५८ हजार कित्ता मात्रै सेयर किनबेच भएको छ । आपूर्ति कम हूँदा सर्वोत्तमको मूल्य पनि केही दिन सर्किट लाग्ने आशमा लगानीकर्ताले अझै बिक्री गर्न चाहेका छैनन् ।

नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ६० लाख कित्ता मात्र छ । बुक बिल्डिङबाट आइपीओ जारी गरेको कम्पनीको सेयर साढे ५५ हजार जनाले मात्रै पाएका छन् ।

 

चोभार सुक्खा बन्दरगाहमा बढ्दै चहलपहल, २०० कार भन्सार जाँचपासको प्रतीक्षामा Read Previous

चोभार सुक्खा बन्दरगाहमा बढ्दै चहलपहल, २०० कार भन्सार जाँचपासको प्रतीक्षामा

कर्णालीका ५ जिल्लामा ८ थरि पौष्टिक तत्व मिसाइएकाे चामल बिक्री सुरू Read Next

कर्णालीका ५ जिल्लामा ८ थरि पौष्टिक तत्व मिसाइएकाे चामल बिक्री सुरू