जाजरकोट भूकम्पमा भत्किएका ७०० विद्यालय भवन पुनःनिर्माण गर्न बजेट सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई शैक्षिक संस्थाका भवन पुनःनिर्माणका लागि अर्थले रकमान्तर गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच आज अर्थ मन्त्रालयमा भएको छलफलपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट विद्यालय भवन निर्माणका लागि खर्चिने सहमति भएको अर्थमन्त्री पुनलेको सचिवालयले जनाएको छ ।

छलफल लगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनःनिर्माणमा खर्च गर्न निर्देशन दिएका छन् ।

यस्तै, दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट विनियोजन नगर्ने सहमति भएको छ । आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ,’ उनले भने ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ लामिडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, बझाङलगायत जिल्ला ७०० भन्दा बढी विद्यालय भवन भत्किएका थिए ।

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, २१ आयोजना निर्माणाधीन Read Previous

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, २१ आयोजना निर्माणाधीन

नेपालमा लगानी प्रबद्र्धन गर्न कतारलाई महासंघ अध्यक्ष ढकालको आग्रह Read Next

नेपालमा लगानी प्रबद्र्धन गर्न कतारलाई महासंघ अध्यक्ष ढकालको आग्रह