दुर्गा प्रसाईंको माग सर्वोच्चद्धारा पूरा

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ ।

साेमबार सर्वोच्वका न्यायाधीशद्धय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बी एण्ड सी कलेजलाई संचालन अनुमति दिन आदेश दिएको हो ।

सरकारले आशयपत्र दिएर पनि संचालन अनुमति नदिएको भन्दै व्यवसायी प्रसाईंले ०७७ असार २१ गते काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटको चैत ६ गते भएको सुनुवाइको भएको थियो भने फैसला आज आएको हो ।शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको मनसायपत्र दिएको थियो ।

सरकारले आशयपत्र दिएपछि प्रसाईंले विभिन्न बैंकबाट ऋण लिएर कलेजको भौतिक पूर्वाधार तयार पारेका थिए । तर, सरकारले अनुमति नदिँदा अझै संचालनमा आउन सकेको छैन ।

प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन र अराजक अभिव्यक्ति दिँदै आएका छन् ।

सहुलियत दरमा ऋण दिन एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह Read Previous

सहुलियत दरमा ऋण दिन एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, २१ आयोजना निर्माणाधीन Read Next

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, २१ आयोजना निर्माणाधीन