राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार जना सदस्य नियुक्त भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा चार नयाँ सदस्य नियुक्त गरेको हो ।

सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्ले प्रा. संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत, प्रा. शिवराज अधिकारी र डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गरेको जानकारी दिइन् ।

सत्ता समीकरण बदलिएसँगै सरकारले आयोग सदस्यमा नयाँ व्यक्ति नियुक्त गरेको हो । यसअघि नेपाली कांग्रेस र जनमत पार्टीबाट सदस्यमा नियुक्त भएका चार जनाले राजीनामा दिएका थिए । सोही रिक्त स्थानमा सरकारले नयाँ गठबन्धनका तर्फबाट सदस्य नियुक्त गरेको हो ।

आज एमालेको कोटामा ३ जना र रास्वपाको कोटामा एक जना नियुक्त भएका हुन् । पाण्डे रास्वपा र सिंह, महत र अधिकारी एमालेकेा काेटाबाट सदस्य बनेका हुन् ।

देशकै सबैभन्दा पुरानो चन्द्र नहर पुनःनिर्माण हुँदै, जापानको २ अर्ब सहयोग Read Previous

देशकै सबैभन्दा पुरानो चन्द्र नहर पुनःनिर्माण हुँदै, जापानको २ अर्ब सहयोग

हेटौँडा सिमेन्टको उत्पादन बन्द, उपकरण मर्मत गर्न २ हप्ता लाग्ने Read Next

हेटौँडा सिमेन्टको उत्पादन बन्द, उपकरण मर्मत गर्न २ हप्ता लाग्ने