काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार ६ अंकले घटेको नेप्से आज ३ अंकले घटेको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार १४ करोड रुपैयाँले घटेर ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ बिन्दुमा आइपुगेको छ । यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० समूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक २.५१ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.४५ प्रतिशतले घटेको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ५२ लाख रुपैयाँ बढिको ३ लाख ९२ हजार १४८कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यसैगरी, सर्वोत्तम सिमेन्ट र गुराँस लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।