‘इन्साइडर ट्रेडिङ’ गरी सम्पत्ति कमाएको मुद्दामा गुरु न्यौपाने दोषी ठहर

काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सेयरको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सेयरको इन्साइडर ट्रेडिङ गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै गत कात्तिक २३ गते न्यौपानेविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीसँग १ करोड ९९ लाख रुपैयाँ बिगो दाबी समेत मागिएको थियो ।

अदालतले दोषी ठहर गरे पनि अहिले सजाय भने तोकेको छैन । अब चैत १५ गते बस्ने इजलासले उनलाई सजाय तोक्ने अदालतले जनाएको छ ।

न्यौपानेलाई यसअघि नेपाल धितोपत्र बोर्डले १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने गरी कारबाही गरेको थियो । ;साथै, बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१ (७) अनुसार कारबाही गर्दै ७५ हजार रुपैयाँ जरीवाना समेत तिराएको थियो ।

रिडी-तम्घास सडक आजदेखि ३ साता बन्द हुने Read Previous

रिडी-तम्घास सडक आजदेखि ३ साता बन्द हुने

२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने Read Next

२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने