काठमाडौं । सर्वोत्तम सिमेन्ट कारोबारमा आएको पहिलो दिनमै सबैभन्दा महँगो सिमेन्ट कम्पनी बनेको छ ।
मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको सर्वोत्तम घोराहीलाई उछिन्दै सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बनेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सर्वोत्तमको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको मूल्य ५५.६० रुपैयाँ बढेर ६११.६० रुपैयाँ पुगेको हो ।
यो नेप्सेमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीमध्ये सबैभन्दा धेरै हो । दोस्रो स्थानमा रहेको घोराहीको सेयर मूल्य (बिहान ११स्१५ बजेसम्म) प्रतिकित्ता ५७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत महिना आइपीओ जारी गरेको सर्वोत्तम सोमबार मात्रै नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापकको हिस्सा ८७.१० र सर्वसाधरणको १२.९० प्रतिशत (६० लाख कित्ता) रहेको छ ।